संसद्

हैजाले जनता त्रसित छन् सरकार गम्भीर बन्नुपर्छः नवीना लामा

इकागज |
असार १३, २०७९ सोमबार १६:४६ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा एमालेकी सांसद नवीना लामाले हैजा रोग न्यूनीकरणको लागि सरकार गम्भीर बन्नुपर्ने बताएका छन् । 

सोमवार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै सांसद लामाले अहिले काठमाडौंमा हैजाको समस्याले जनताहरु त्रस्त भइरहेको भन्दै सरकार यसमा गम्भीर बन्नुपर्ने बताएकी हुन् । 


उनले काठमाडौंमा विशेष गरेर बालबालिकाहरूमा हैजाको समस्या देखा परेको भन्दै सामान्य जनताले महँगीको बेलामा सुलभ उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरिन् । 

सांसद लामाले सरकारले हैजाको बारेमा मूल्यवृद्धिको चापमा परेका जनताका समस्यालाई बुझ्ने गरेर उपचार हुने व्यवस्था गर्नुपर्ने बताइन् । 

उनले भनिन, ‘अहिले विशेष गरेर बच्चाहरूमा झाडा पखाला, हैजाजस्ता रोगहरु लागिरहेको छ । त्यो पनि काठमाडौंमा बच्चाहरूमा धेरै देखिएको छ । यसको बारेमा सामान्य जनताले यस्तो महँगी र मूल्यवृद्धिको बेलामा चुलो बाल्न मुस्किल भएको बेलामा यस्तो रोग आउँदा उपचार पाउँछ कि पाउँदैन ? यस्तो त्रासमा जनता छन् । सरकारको योजना के छ ? त्यसको बारेमा गम्भीर बन्नुपर्छ । रोकथामको निम्ति सरकारले रोगलाई न्यूनीकरण गर्नको निम्ति विभिन्न जनचेतनामूलक कार्यक्रमहरु प्रादेशिक तहदेखि वडासम्म पु¥याउन यसको योजना तथा कार्यक्रम बनाएर अघि बढ्नुपर्छ ।’

सांसद लामाले हैजा रोकथाम र न्यूनीकरणका लागि प्रदेशदेखि स्थानीय तहसम्म जनचेतनामूलक कार्यक्रमहरु गर्नुपर्ने बताइन् । 


Author

थप समाचार
x