संसद्

सरकारले जन्मसिद्धका आधारमा नागरिकता पाउने विधेयक संसद्‌मा पेश गरोस् : त्रिपाठी

इकागज |
जेठ ७, २०७९ शनिवार १३:३४ बजे

फाइल तस्बिर

काठमाडौँ- जनता प्रगतिशील पार्टीका नेता तथा सांसद हृदयश त्रिपाठीले सरकारले संसद्‍मा नागरिकता विधेयक पेश गर्न माग गरेका छन् । जन्‍मसिद्धका आधारमा नागरिकता पाएका अभिभावकका सन्तानलाई नागरिकता प्राप्त गर्न सहज हुने गरी नागरिकता विधेयक प्रस्तुत गर्नुपर्ने उनको माग छ ।

सर्वोच्च अदालतले जन्मसिद्धका आधारमा नागरिकता प्रदान गर्न आदेश दिइसकेको अवस्थामा विधेयक पेश गर्न ढिलाइ नहुने त्रिपाठीको भनाइ छ । वंशजको आधारमा नागरिकता पाउने संवैधानिक व्यवस्था रहेकोमा जन्मसिद्धको आधारमा नागरिकता पाउनुपर्ने विधेयक बन्नुपर्ने उनले बताए।


सरकारले अविलम्ब  विधेयक पारित गरेर जन्मसिद्धको आधारमा नागरिकता वञ्‍चित ९ लाख जनसंख्यालाई दिनलाई माग गरेका छन् । अभिभावकले पाए पनि सन्तानले पाएका छैनन् ।

'तत्कालीन सरकारले अध्यादेश मार्फत ल्याएको विधेयक हुबहुँ संसदमा पेश गर्नुपर्छ,' उनको ठहर छ,' जन्मको आधारमा नागरिकता पाइसकेका सन्तानलाई नागरिकता पाउने विधेयक पेश गर्नुपर्छ ।'

तत्कालीन सरकारले एउटा विधेयक पेश गरेको थियो । राज्य व्यवस्थामा पेश समितिले विधेयकमा नभएको वैवाहिक अंगीकृत कुरा झिक्दा छलफल हुन नसकेको उनले प्रस्ट पारे । उनले भने,' विधेयकमा नभएको कुरा थप्न  खोज्दा छलफल भएन । संसदमा प्रतिवेदनको रुपमा पेश भयो तर संसदले छलफल गरेन ।'


Author

थप समाचार
x