संसद्

प्रतिनिधिसभाबाट आठ अध्यादेश स्वीकृत

इकागज |
जेठ ६, २०७९ शुक्रबार १९:१४ बजे

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकले विभिन्न आठ अध्यादेश स्वीकृति गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले बैठकमा “नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८, "सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८” र “तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् ” भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

यसैगरी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाका तर्फबाट राज्यमन्त्री भवानीप्रसाद खापुङले “औषधी (तेस्रो संशोधन) अध्यादेश, २०७९” र “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९” एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादवले “रेल्वे अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।


त्यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले “फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८” र “यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ १० गते साँझ ६ बजे बस्नेछ । 


Author

थप समाचार
x