संसद्

संसद् बैठकमा उपस्थित हुन अर्थमन्त्री शर्मालाई सभामुखको 'रुलिङ'

इकागज |
जेठ ५, २०७९ १४:१ बजे

फाइल तस्‍बिर

काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिनिधिसभा बैठकमा उपस्थित हुन रुलिङ गरेका छन् । प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा अनुपस्थित भएपछि सभामुख सापकोटाले अर्थमन्त्रीलाई उपस्थित हुन रुलिङ गरेका हुन् । मंगलबार पेस गरिएको  विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि बुधबारबाट छलफल सुरु भएको हो । 

तर, बिहीबार छलफल सुरु भइसक्दा पनि अर्थमन्त्री शर्मा उपस्थित नभएपछि प्रमुख प्रतिपक्षी एमाले संसदीय दलका प्रमुख  सचेत विशाल भट्टराईले सभामुख सापकोटाको ध्यानाकर्षण गराएका थिए । त्यसपछि सभामुख सापकोटाले अर्थमन्त्री शर्मालाई बैठकमा उपस्थित हुन र उनको अनुपस्थित रहुन्जेलसम्म उपस्थित अन्य मन्त्रीले टिपोट गरेर रिपोर्टिङ गर्न पनि निर्देशन दिएका हुन् । 


यसपछि छलफलमा सहभागी कांग्रेस सांसद मिनेन्द्र रिजालले पनि अर्थमन्त्री शर्माको अनुपस्थितिको विरोध जनाए । 



Author

थप समाचार
ad
x