प्रमुख समाचार

इच्छाकामना–१ : मा‌ओवादीका नेता विजयी भएपछि र्‍याली (तस्वीरसहित)

इकागज |
बैशाख ३१, २०७९ शनिबार १८:५३ बजे

चितवन - चितवनमा माओवादी केन्द्रले खाता खोलिसकेको छ । माओवादीको उम्मेदवार विजयी भएसँगै विजयी र्‍याली सुरु भइसकेको छ । इच्छाकामना गाँउपालिका १ मा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका सन्तबहादुर राना विजयी भइसकेका छन् । 

यतिखेर राना समर्थकसहित विजयी जुलुस मनाइरहेका छन् । आफ्ना समर्थककले उनलाई अबिर दलेर गाउँ घुमाइरहेका छन् । हर्षोल्लाससहित गाउँमा खुसियाली छाएको छ ।


उनले नेकपा एमालेका उम्मेदवारलाई १० मतको झिनो अन्तरमा पराजित गरेका हुन् ।

नेकपा एमालेका उम्मेद्वार नन्दलाल गिरीले ६२९ र रानाले ६३९ मत ल्याएका छन् । यस अघिको स्थानीय तह निर्वाचनमा यस वडा एमालेले जितेको थियो ।


Author

थप समाचार
x