प्रमुख समाचार

कतारको जेलमा रहेका २१ नेपालीले पाए क्षमादान

इकागज |
बैशाख ६, २०७९ मगलवार १७:३८ बजे

काठमाडौँ- कतारका विभिन्न जेलमा रहेका २१ जना नेपाली श्रमिकले क्षमादान पाएका छन् ।

मुस्लिम धर्मावलम्बीहरूको पर्व रमादानको अवसरमा अमिर मौसुफ शेख तमिम बिन हमाद अल थानीले उनीहरूलाई क्षमादान दिएका हुन् ।


यौनजन्य ३, चोरी ११, मादक पदार्थमा बिक्रीवितरणमा २ र आर्थिक हिनामिनामा संलग्न ५ जना गरी २१ जना नेपाली श्रमिकले सजायबाट छुट पाएका हुन् ।  क्षमादान पाएका व्यक्तिलाई सम्बन्धित निकायले जानकारी गराउने प्रक्रिया रहेको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

 


Author

थप समाचार
x