प्रमुख समाचार

नेपालमा थपिए ८०१७ जना कोभिड संक्रमित थपिए, १५ जनाको मृत्यु

इकागज |
माघ १३, २०७८ बिहीबार १६:४४ बजे

काठमाडौँ -  पछिल्लो २४ घण्टामा देशभर ८०१७ जना कोभिड संक्रमित थपिएका छन् ।   देशभर गरिएको १५ हजार ७ सय ३६ पीसीआर परिक्षणका क्रममा ५ हजार ८ सय १६ जना र ६ हजार ७२ एन्टीजेन परिक्षणका क्रममा २ हजार २ सय १ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोभिडका कारण थप १५ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ६ सय ८७ जनाको कोभिडका कारण मृत्यु भएको छ । त्यस्तै थप ५ हजार २ सय ९२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ३७ हजार ४ जना निको भएका छन् । हाल नेपालमा ९० हजार ५ सय ७६ सक्रिय संक्रमित आइशोलेशन र १ सय ४९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।   



Author

थप समाचार
x