प्रमुख समाचार

सुदूरपश्चिम प्रदेश

आर्थिक मामिला राज्यमन्त्री माया तामाङका 'पिसओ' मृत फेला

इकागज |
माघ १२, २०७८ बुधवार २०:४९ बजे

कैलाली - धनगढीमा एक जना प्रहरी हवल्दार सुतेकै अवस्थामा मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी डीएसपी बेदप्रकाश जोशीले प्रहरी हवल्दार रमेश दत्त जोशी आफ्नै कोठामा मृत फेला परेको बताए ।

मृतक जोशी सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका 'पिसओ' जोशी धनगढी उपमहानगरपालिका वडा नम्बर ३ गुरुद्वारामार्गस्थित आफ्नै घरमा मृत फेला परेको डीएसपी जोशीले बताए ।  उनी घरमा एक्लै थिए । उनका घरका परिवारका अन्य सदस्यहरू भने आफन्तको बिहेमा गएका थिए । उनी कोठामा हिटर बालेर ढोका बन्द गरेर सुतेको अवस्थामै मृत भेटिएको बताइएको छ । 


परिवारका सदस्य आज घर आउँदा ढोका बन्द देखेपछि झ्यालबाट हेरेर बोलाउदा केही नबोलेपछि ढोका फुटाएर हेर्दा मृत भेटेको बताइएको छ । अहिले शवको मुचुल्का गरेर पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।  

 

यसअघि  आर्थिक मामिला राज्यमन्त्री माया तामाङका 'पिसओ' हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।*


Author

थप समाचार
x