प्रमुख समाचार

पशुपतिस्थित धर्मशालाको ‘लिज आउट’ प्रकरण

बतास ग्रुपले सम्झौता उल्लंघन गरेको भन्दै मन्त्री आलेले बनाए छानबिन समिति

इकागज |
माघ ११, २०७८ मंगलबार १४:५५ बजे

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिस्थित धर्मशालामा बतास ग्रुपले सम्झौता उल्लंघन गरेर काम गरेको भन्दै छानबिन समिति गठन गरेका छन् । नेपाल भारतमैत्री धर्मशालामा बतास समूहले होटल आनन्द सञ्चालन गर्दै आएको छ । त्यसमा सम्झौता उल्लंघन गरेको भन्दै मन्त्री आलेले बतास समूहमाथि छानबिन अघि बढाएका हुन् ।  

यसअघि पनि बतास समूहले नारायणहिटी दरबार संग्रहालयमा सम्झौता विपरीत रेस्टुरेन्ट निर्माणको काम गरेको भन्दै आलेले छानबिन समिति गठन गरेका थिए । 


पशुपतिस्थित धर्मशालाको ‘लिज आउट’ प्रकरणमा बतास समूहले सम्झौता विपरीत काम गरेको आरोप लगाउँदै आलेले छानबिन समिति गठन गरेका हुन् । आलेले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलनकुमार थापा, पर्यटन मन्त्रालयका सहसचिव डा. टोकराज पाण्डे र देवीप्रसाद बराल रहेको  तीन सदस्यीय समिति गठन गरेका छन् । उक्त समितिले सात दिनभित्र प्रतिवेदन पेस गर्ने छ ।  


Author

थप समाचार
x