प्रमुख समाचार

एमालेले सभामुख र निर्वाचन आयोगविरूद्ध दर्ता गरेको रिटको पेसी शुक्रबार

इकागज |
भदौ १६, २०७८ बुधवार १८:३३ बजे

काठमाडौँ - प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख अग्‍निप्रसाद सापकोटा र निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ । पार्टीबाट निष्कासन गर्न सिफारिस गरेका १४ सांसदलाई कारबाहीको सूचना नटाँसेको भन्दै सभामुख सापकोटा र तिनै सदस्यलाई नयाँ गठन गरिएको पार्टीमा समावेश गरेको भन्दै आयोगविरूद्ध एमालेले सर्वोच्चमा रिट दायर गरेको हो । रिटको पेशी शुक्रबार तोकिएको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले वारेसमार्फत् दायर रिटमा सभामुख र आयोगका निर्णय अथवा पत्राचार बदर गर्न माग गरिएको छ। सर्वोच्च प्रशासनले रिट दर्ता भएको र शुक्रबारलाई पेसी तोकिएको जानकारी दिएको छ । 


एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाहीको सूचना सभामुखलाई दिएको थियो । तर सभामुख सापकोटाले एमाले सांसदका रूपमा प्रतिनिधि सभामा १२१ सांसद र राष्ट्रिय सभामा ३३ सांसद रहेको जानकारी निर्वाचन आयोगलाई पठाएका थिए। 


Author

थप समाचार
x