प्रमुख समाचार

देवी ज्ञवाली नेतृत्वको भूमि आयोग खारेज

पुस ५ यता संसद्लाई छलेर गरिएका सबै नियुक्ति खारेजी गर्ने प्रक्रिया अघि बढ्यो

इकागज |
साउन ३, २०७८ आइतवार २१:४२ बजे

काठमाडौँ - आफ्ना मानिस जागिर, चिल्ला गाडी, आकर्षक भत्ता-सुविधा दिलाउन पूर्ववर्ती केपी शर्मा ओली सरकारद्वारा गठित ‘भूमि आयोग’ खारेज गर्ने निर्णय लिएको छ । गृहमन्त्री बालकृष्ण खाँडले मन्त्रिपरिषद्बाट खारेजी सम्बन्धी निर्णय लिएको जानकारी दिए ।

चितवनको भरतपुर महानगरपालिका प्रमुखमा पराजित उम्मेदवार देवी ज्ञवालीको अध्यक्षतामा मुलुक कोभिड-१९ महामारीमा परेकै बेला ओेली सरकारले २०७७ वैशाखको पहिलो साता ‘बेमौसमी आयोग’ गठन गरेका थियो । आयोग केन्द्रमा मात्र नभई ७७ जिल्लामा गठन गरी राज्यलाई अचाक्ली भार बोकाइएको थियो ।


ओलीले नेता÷कार्यकर्तालाई पोस्ने उद्देश्यअनुपरुप आयोग गरेका हुन् । जुन आयोग गठन निम्ति कतैबाट माग आएको थिएन । आयोगमा अध्यक्ष राज्यमन्त्री र अरु सदस्यले सचिवसरहको सुविधा पाएका थिए । त्यसअतिरिक्त ७७ वटै जिल्ला संयोजकलाई सहसचिवसरहको सुविधा उपलब्ध गराएको थियो । त्यसअतिरक्त जिल्लातहका सदस्यहरु अधिकृत सरहको सुविधा दिइएको थियो ।

त्यसअतिरिक्त सरकारले पहिलो पटक प्रतिनिधि सभा विघटनपछि अर्थात् पुस ५ पछि फागुन ११ सम्म र दोस्रो पटक प्रतिनिधि सभा विघटन भएको समयमा भएका राजनीतिक नियुक्ति सबै खारेजी गर्ने प्रक्रिया पनि शुरु गरेको छ ।


Author

थप समाचार
x