प्रमुख समाचार

अस्पतालमा आगलागी, बिरामीको भागाभाग हुँदा एक जनाको मृत्यु

इकागज |
चैत २९, २०७९ बुधबार २०:११ बजे

फाइल फोटो

काठमाडौं - प्रादेशिक अस्पताल सिरहामा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । सिरहा नगरपालिका–७ स्थित प्रादेशिक अस्पतालको जेनेरेटर राखेको घरमा बुधबार दिउँसो आगलागी भएको हो । 

दिउँसो २ बजेको समयमा विद्युत सर्ट भएर आगलागी भएको अस्पताल प्रशासनले जनाएको छ । 


आगलागी हुँदा बिरामीको भागाभाग भएको थियो । यसैबीच, बिरामीहरूको भागाभाग हुँदा अस्पतालमा डायलासिस गर्न पुगेका एक जना बिरामीको मृत्यु भएको छ । 

सिरहाको बरियारपटी गाउँपालिका–३ खोक्सी बस्ने किड्नीका बिरामी ६० वर्षीय प्रदीप दासको हेमोग्लोबिन कम हुँदा उपचारकै क्रममा मृत्यु भएको हो । 


Author

थप समाचार
x