प्रमुख समाचार

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा आजदेखि सुनुवाइ

इकागज |
माघ ११, २०७९ ९:११ बजे

फाइल तस्बिर

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको मुद्दामा आजबाट सुनुवाई सुरु हुँदैछ । पुस २२ गते संवैधानिक इजलासले नागरिकता मुद्दामा अग्राधिकार प्रदान गरेर २०७९ माघ ११ गते पूर्ण सुनुवाईका लागि पेस गर्न आदेश गरेको थियो ।

लामिछानेबारे जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको फाइल सर्वोच्च अदालतले झिकाएको छ । २०७५ असार ६ मा लामिछानेले अध्यागमन विभागमा पेस गरेको कागजात र मंसिर १३ मा उम्मेदवारी सम्बन्धमा निर्वाचन आयोगले गरेको निर्णयको सक्कल प्रति पनि सर्वोच्च अदालतले झिकाएको छ ।


अमेरिकाको नागरिकता त्यागेपछि नेपालको नागरिकता लिने प्रक्रिया पूरा नगरेर उनले २०५० सालमा लिएको नागरिकता अहिले चलाइरहेका छन् ।


Author

थप समाचार
ad
x