प्रमुख समाचार

राहदानी विभागले भन्यो : जिल्लामा १५ दिनमै पासपोर्ट पुग्छ, काठमाडौँ नआउनू

इकागज |
असार १९, २०७९ आइतवार १७:४१ बजे

काठमाडौँ- राहदानी विभागले तीन महिनादेखि भीडभाड बढेकाले सेवाग्राहीलाई सम्बन्धित जिल्लाबाट राहदानीका लिनका लागि आवेदन दिन आग्रह गरेको छ ।

जरुरी परेकाले मात्र विभागमा र कम जरुरी भएकाले आफू बसेकै जिल्ला प्रशासन कार्यालयबाट राहदानीका लागि सर्वसाधारणलाई विभागले अनुरोध गरेको हो ।


धेरै सेवाग्राहीलाई सेवा प्रवाह गर्न सबै जिल्ला प्रशासन र १७ इलाका प्रशासन कार्यालयबाट आवेदन दिन व्यवस्था मिलाएको विभागले आइतबार जारी गरेको  सूचनामा उल्लेख छ ।

विभागका अनुसार काठमाडौँ उपत्यका र काभ्रेपलाञ्चोकका सेवाग्राहीले आवेदन दिएको सात दिनमा राहदानी पाउने छन् । अन्य जिल्लाका लागि १० देखि १५ दिनमा राहदानी प्राप्त गर्ने व्यवस्था मिलाइएको छ ।

सुरुवातमा राहदानी प्राप्त गर्न २ देखि ३ महिना लाग्थ्यो । अहिले भने एक सातामा सेवाग्राहीको राहदानी हातमा  लाग्‍ने  व्यवस्था मिलाइएको विभागले बताएको छ । दैनिक २४ सय जनाले अनलाइन आवेदन दिन सक्ने विभागले ४ दिन भित्रमा आवेदनको फारम बुझाउने व्यवस्था मिलाएको छ ।

सेवाग्राहीहरू कार्यालयमा एकैपटक आउँदा भीड हुने भएकाले तोकिएको समयमा आउन विभागले प्रस्ट पारेको छ । दैनिक ६५ सय राहदानी वितरण गरिने व्यवस्था मिलाएको छ । हाल दैनिक २४ सय जनाले आवेदन दिइरहेका छन् । राहदानी लिन आउने र अन्य सेवाग्राही गरी कूल हजारलाई सेवा दिने गरेको छ ।

त्यस्तै विभागले बिहान ९ देखि ६ बजेसम्म सेवा प्रवाह गरिरहेको विभागको भनाइ छ ।

 


Author

थप समाचार
x