प्रमुख समाचार

इजरायली दूतावासले भन्योः केयर गिभरमा जाने प्रक्रिया अगाडि बढ्यो, व्यक्तिगत विवरण अद्यावधिक गर्नू

इकागज |
असार १६, २०७९ बिहीबार १२:४० बजे

फाइल तस्बिर

काठमाडौँ- इजरायलले रोकिएको 'केयर गिभर' कामदार पठाउने प्रक्रिया अगाडि बढाएको छ । नेपालस्थित इजरायली दूतावासले कामदारको भिसा प्रक्रिया सुचारु भएको जानकारी दिएको छ ।

दूतावासले भनेको छ,' भिसा प्रक्रिया अगाडि बढेसँगै जानेक्रम पनि सुरुवात हुनेछ ।' व्यक्तिगत कागजात तथा प्रमाणपत्र अद्यावधिक गरेर राख्‍न दूतावासले अनुरोध गरेको छ ।


दूतावासले इजरायल जाने केयर गिभरप्रति ढिला भएर असुविधा भएकाले क्षमासहित आगामी यात्राको शुभकामना व्यक्त गरेको छ ।

वैदेशिक रोजगार विभागले केही महिनाअघि केयर गिभर लैजान भाषा परीक्षा गरेको थियो । परीक्षामा एक हजार एक सय ७५ जना केयर गिभर लैजान सिफारिस गरेको छ ।  आठ सय २१ जना महिला र तीन सय ५४ जना पुरूषको अन्तिम नामावली प्रकाशित भइसकेको छ।

हालसम्म दुई सय ९७ जना नेपाली मात्र इजरायल पुगिसकेका छन् । भाषा परीक्षा गरेर इजरायल जान बाँकी रहेका कामदार भिसा दिन बन्द भएपछि  उनीहरू जान पाएका छैनन् । करिब चार महिनादेखि केयर गिभरका लागि इजरायल जानुपर्नेहरू रोकिएका हुन् ।  


Author

थप समाचार
x