प्रमुख समाचार

झलनाथको गृहनगर सूर्योदयमा एकीकृत समाजवादीका रनबहादुर विजयी

इकागज |
जेठ ७, २०७९ शनिबार १०:२४ बजे

काठमाडौँ–नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालको गृहनगर सूर्योदय नगरपालिकाको मेयर पद  एकीकृत समाजवादीले जितेको छ ।

मेयर पदमा समाजवादीका उम्मेदवार रनबहादुर राई एमालेका काजीमान कागतेलाई हराउँदै विजयी भएका हुन् । राईले १२ हजार ४ सय ३१ मत ल्याउँदा एमालेका कागतेले १० हजार ५ सय ७९ मत ल्याए ।


 उपमेयरमा भने कांग्रेसका दुर्गाकुमार बराल विजयी भएका हुन् । बरालले ११ हजार ८ सय ५४ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी एमालेका दुर्गादेवी भट्टराईले ९ हजार १ सय २२ मत ल्याएकी छन् । 
 


Author

थप समाचार
x