प्रमुख समाचार

सामुदायिक विद्यालयका शिक्षकको पोशाक परिवर्तन हुने

इकागज |
जेठ ६, २०७९ शुक्रवार १९:२९ बजे

काठमाडौँ- सरकारी विद्यालयका शिक्षकको पोशाक परिवर्तन हुने भएको छ । नेपाल शिक्षक महासंघबाट अनुरोध भएकाले यसअघि शिक्षकले लगाउँदै पोशाक परिवर्तन गरिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्र ( विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा) भक्तपुरले जनाएको छ ।

खैरो गाढा रङको पाइन्ट र कोट, हल्का नीलो रङको सर्ट, खैरो गाढा रङको ज्याकेट,कलेजी रङको स्वेटर र कालो जुत्तालाई शिक्षकको पोशाकका रुपमा तोकिएको  छ ।


त्यस्तै साडी, ब्लाउज, कुर्ता सुरुवालको रङ भने परिवर्तन गरिएको छैन । यसअघि कालोमा सेतो धर्का भएको कोट र पाइन्ट तथा हल्का नीलो रङको सर्टलाई पोशाकका रुपमा तोकिएको थियो । शिक्षकहरूकै माग अनुसार पोशाक परिवर्तन गरिएको शाखाले जनाएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको २०७९ जेठ ६ गतेको निर्णयानुसार तोकिए अनुसारको पोशाक चालु शैक्षिक सत्रभित्र कार्यान्वयन ल्याउन अनुरोध गरेको छ ।  

 


Author

थप समाचार
x