प्रमुख समाचार

कांग्रेसले नपत्याएको गौतमलाई बेलबारी ८ मा पुनः जनताले पत्याए

इकागज |
जेठ ५, २०७९ बिहीबार २०:५२ बजे

काठमाडौँ- मोरङ बेलबारी ८ मा स्वतन्त्र उम्मेदवार धनपति सापकोटा विजयी भएका छन् । हाँस चिन्ह लिएर विजयी भएका गौतमले १ हजार ४ सय १७ मत प्राप्त गरेका छन् ।

उनलाई नेपाली कांग्रेसले वडाअध्यक्षको टिकट नदिएपछि बागी उम्मेदवार बनेका थिए । गत निर्वाचन कांग्रेसको टिकटबाट निर्वाचित उनी स्वतन्त्र उम्मेदवार बनेका हुन्।


उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार पतिराम थापा मगरले १ हजार २ सय ३६ मत ल्याएका छन् । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार पूर्ण बहादुर खड्काले १ हजार १ सय ४३ मत प्राप्त गरेका छन् ।

त्यस्तै अन्य वडा सदस्यमा भने नेपाली कांग्रेसका सबै उम्मेदवार विजयी भएका छन् । महिला सदस्यमा नेपाली कांग्रेसकी रिता राजवंशी, दलित महिला सदस्यमा मनिता नेपाली, सदस्यमा  तिलकराम खवास र प्रेमप्रसाद तामाङ विजयी भएका छन् ।

गत निर्वाचनमा गौतमले नेपाली कांग्रेसबाट टिकट पाएर १ हजार ३ सय ४६ मत प्राप्त गरी विजय भएका थिए ।


Author

थप समाचार
x