प्रमुख समाचार

निवर्तमान वडाध्यक्षलाई पराजित गर्दै लामा बने अध्यक्ष

इकागज |
जेठ ५, २०७९ बिहिवार १९:२५ बजे

काठमाडौँ-  सुनसरी बराहक्षेत्र ३ का वडाअध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राजदीप लामा विजयी भएका छन् ।

उनले १ हजार ८ सय ३४ मत प्राप्त गरी विजयी भएका हुन् । गत निर्वाचनमा निर्वाचित अध्यक्षलाई पराजित गरी उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।


लामाका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रुद्रबहादुर दाहालले १ हजार ७ सय ७१ मत ल्याएका छन् ।

त्यस्तै जनता समाजवादी पार्टी नेपालका धनराज राईले १ सय ६१ मत ल्याएका छन् ।

वड सदस्यमा नेकपा एमालेका ध्वजवीर लिम्बु, कांग्रेसका थिरबहादुर कार्की, महिला सदस्यमा विष्णुकमारी विष्ट र मालती विश्वकर्मा विजयी भएका हुन् ।

गत निर्वाचनमा दाहालले १ हजार १ सय ८२ मत प्राप्त गरी विजय भएका थिए ।


Author

थप समाचार
x