प्रमुख समाचार

साउदीमा हराएका दाजुलाई खोजी गर्न दिनमा १० पटकसम्म भाइको फोन आउथ्यो

एक महिनादेखि हराएका सन्तोष दूतावासको सम्पर्कमा

इकागज |
जेठ ३, २०७९ मंगलबार १६:१४ बजे

काठमाडौँ- साउदी अरबस्थित नेपाली राजदूतावासको सेल्टरबाट करिब एक महिनादेखि  हराएका युवक सम्पर्कमा आएका छन् । अप्रिल १९ मा रियादको बथा भन्ने ठाउँबाट राती साढे ९ बजेदेखि हराएका थिए ।

सन्तोष साह कानु नाम गरेका युवक हराएको नेपाली दूतावासले उनी सम्पर्कविहीन भएको भनेर सूचनासमेत निकालेको थियो ।


उनी बजारमा एक्लै डुल्दै गरेको अवस्थामा फेला परेका हुन् । एक नेपालीले उनलाई उद्धार गरी दूतावासलाई जिम्मा लगाएका छन् । उनी दूतावासको सेल्टरमा छन् । उनलाई चाँडै नेपाल फर्काउने प्रयास भइरहेको छ ।

उनी डिप्रेसनको शिकार रहेका कसैसँग बोलचाल गर्न रुचाउँदैनन् । साह रौतहट कटहरीया ९ मा साहको डुमरिया टोलका हुन् ।

सामाजिक अभियन्ता सरोज रायले साह हराएकाले परिवार चिन्तित रहेको बताए । 'सबैभन्दा बढी उनको कान्छो भाई चिन्तित थियो ।, दिनमा १० चोटी फोन गर्थ्यो, मलाई लिएर साउदी समेत जान आग्रह गरेको थियो,' उनले भने,' हामी जाने तयारीमा थियौँ । सन्तोषको लागि सामाजिक सन्जाल मार्फत खोजविन गरिदिन सउदीमा रहेका नेपाली दाजुभाई लाई आग्रह गरेका थिए ।'

यो पनिः

साउदीमा नेपाली दूतावासको सेल्टरबाट नेपाली युवक सम्पर्कविहीन


Author

थप समाचार
x