संगीत

सुरेनको निर्देशनमा सुनिल र अन्जलीको ‘वनको खरायो’

इकागज |
माघ १०, २०७८ सोमबार १३:३८ बजे

काठमाडौँ - कोरियोग्राफर हुँदै निर्देशनमा हात हालेका सुरेन बसेलले निर्देशन गरेको गीत दोहोरी गीत ‘वनको खरायो’ सार्वजनिक भएको छ । बसेल आफैंले कोरियोग्राफ गरेको गीतमा आफैं मोडलको रुपमा नृत्य पनि गरेका छन् । 

गीतमा बसेलबाहेक सुनिल क्षेत्री, अन्जली अधिकारी र नविना कार्कीले पनि अभिनय गरेका छन् । नृत्य शैलीको गीतलाई दिनेश पराजुलीले छायांकन गरेका हुन् भने सम्पादन गरेका छन् वीरबहादुर थारुले ।गीतमा निकास पुन, राम रसाइली, शान्तिश्री परियार र पिमसरा आले मगरको स्वर रहेको छ । 

 



Author

थप समाचार
x