संगीत

निन्द्रा नलाग्ने पिरमा उषा उप्रेती

इकागज |
माघ ४, २०७८ मंगलबार १५:३२ बजे

काठमाडौँ - उषा उप्रेती र केशव भट्टराईले मोडलिङ गरेको गीत ‘निन्द्रै लाग्दैन’ सार्वजनिक भएको छ । नृत्य शैलीको यो गीतलाई रचना रिमाल र सन्तोष रुचालले आवाज दिएका हुन् । गीतको भिडियो निर्देशन माइकल चन्दको रहेको छ । गीतले एक अर्काको मायाले निन्द्रा नलाग्ने भाव व्यक्त गरेको छ । 

गीत रचना हरिप्रसाद गौतमले गरेका हुन् भने संगीत सन्तोष रुचालकै हो ।  सागर पौडेलले छायांकन गरेको गीतलाई शिलन लम्सालले सम्पादन गरेका हुन् ।  उषा उप्रेती पछिल्लो समय म्युजिक भिडियो मोडलिङमा रुचाइएको नाम हो । 

 



Author

थप समाचार
x