संगीत

सानको 'नशा' सार्वजनिक (भिडियोसहित)

इकागज |
माघ २, २०७८ आइतबार १०:३३ बजे

काठमाडाैँ- हेर्दा कुनै अंग्रेजी फिचर फिल्मको दृश्य झैं देखिने, कलाकारहरु पनि विदेशी नै । तर, यो कुनै विदेशी फिल्मको दृश्य नभई नेपाली गीतको म्युजिक भिडियोको हो ।

गायक तथा संगीतकार सान भुसालको 'नशा' बोलको गीत सार्वजनिक भएको छ । हाल अमेरिकामा रहेका गायक भुसालको सो गीत लुसेन्ट फिल्मको ब्यानरमा बनेको गीतमा भुसालको शब्द संगीत रहेको छ भने स्वर भारतीय गायक अनुग्रह विष्टको रहेको छ ।


सनीरको ब्याकराउण्ड म्युजिक रहेको उक्त म्युजिक भिडियोको निर्देशन विकास बराइलीले गरेका छन् । भिडियो अमेरिकास्थित टेक्ससको डालस, हिक्कोमा सुटिङ भएको भुसालले जानकारी दिए । म्यूजिक भिडियोलाई गायक भुसालले आफ्नै युट्युब च्यानलबाट रिलिज गरेका छन् ।

गीतमा अमेरिकी रंग एवं सिने अभिनेता जोर्ज आटेरो, एलेक्जेन्ड्रिया पास्कुसी, कलाकारहरु दिपेश आचार्य अंकित शर्मा आदिको अभिनय रहेको छ । गीतको अडियो रेकर्डिङ मुम्बइ स्थित बि.बि.जे. स्टुडियोमा रेकर्ड भएको हो भने वाद्यवादन र मिक्सिङ काठमाण्डौको गुञ्जन रेकर्डिङमा कृष्णकुमार महर्जनले गरेका छन् । 


Author

थप समाचार
x