संगीत

गायिका सुनिता थेगिमको ‘यस्तो एउटा संसार’

इकागज |
चैत १६, २०७९ बिहीबार १७:२७ बजे

काठमाडौं-  गायिका सुनिता थेगिम र गायक गंगाराज राईको स्वर रहेको ‘यस्तो एउटा संसार’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । गायक गंगाराजकै संगीत रहेको सार्वजनिक गीतका शब्द जानु काम्बाङ लिम्बुका हुन् ।भिडियोमा अभिनेता ध्रुव दत्त र मोडल रोजिना ढकालको अभिनय रहेको छ ।

एक प्रेमील जोडीको रोमाञ्चिक प्रेम कहानीले भरिएको ‘यस्तो एउटा संसार’ मा ध्रुबसँग अभिनय गर्दा रोजिना गज्जबले खुलेकी छिन् । डेढ दशकदेखि लन्डनमा बसेर म्यूजिक भिडियो निर्देशनसँगै संचारकर्ममा पनि व्यस्त रहेका निर्देशक कुशल श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोको निर्माण लन्डनको स्थानीय राजनीतिमा पाइला चाल्दै गरेकी सुमन पुनले गरेकी हुन् ।


यस्तै म्‍युजिक भिडियोको छायांकन र सम्पादन निर्देशक श्रेष्ठले नै गरेका हुन् । कुशल बेलायतका लोकप्रिय सञ्चारकर्मी हुन् । उनले निर्देशन गरेका दर्जनौं म्यूजिक भिडियो भन्दा यो केही पृथक छ । दीपिका श्रेष्ठको कोरियोग्राफी र मेकअप रहेको गीतमा उदयराज पौडेलको एरेन्ज तथा किशोर थापाको मिक्सिङ छ ।

 


Author

थप समाचार
x