संगीत

कर्नाटक कन्सर्टमा कैलाश खेरमाथि आक्रमण

इकागज |
माघ १६, २०७९ सोमवार १५:० बजे

फाइल फोटो

मुम्बई- भारतीय गायक कैलाश खेरमाथि कर्नाटकमा भएको हम्पी उत्सवको लाइभ कन्सर्टमा आक्रमण भएको छ । उत्सवमा गीत गाइरहेका उनलाई स्टेजमै आक्रमण भएको हो ।

गत बिहीबार भएको कन्सर्टमा कैलाशमाथि दुई अज्ञात व्यक्तिले बोतल प्रहार गरेका थिए । गायकमाथि भएको आकस्मिक आक्रमणपछि प्रहरीले तुरुन्तै ती दुई व्यक्तिलाई पक्राउ गरेको थियो ।


कैलाशले उत्सवको समापन समारोहका समयमा केवल हिन्दी गीतमात्र गाएका थिए । उनले एउटा पनि कन्नड गीत गाएनन् । जसकारण त्यहाँ उपस्थित दर्शक निराश भएका थिए । यही मौकामा दुई स्थानीय प्रदीप र सुरह नामका व्यक्तिले गायकमाथि बोतल फ्याक्न थालेका थिए ।

प्रहरीले प्रदीप र सुरहलाई पक्राउ गरेर बयान लिइसकेको छ । यद्यपि यो मामलामा हालसम्म कैलाश र उनको टिमबाट कसैले आधिकारिक धारणा बाहिर ल्याएका छैनन् ।


Author

थप समाचार
x