संगीत

सोफियाको नयाँ तीज गीत 'आवाज' सार्वजनिक

इकागज |
साउन २२, २०७९ आइतवार १०:४२ बजे

काठमाडौँ-  गायिका सोफिया थापाको आवाज रहेका नयाँ गीत 'आवाज' सार्वजनिक भएको छ । गायिका थापाले 'महिला जन्मिदैँन, बनाइन्छ' भन्ने चर्चित लेखिका सिमोन द. बौउआरको 'द सेकेन्ड सेक्स' पुस्तकको भनाइसँग सहमति राख्दै थापाले यो गीत सार्वजनिक गरेको बताएकी छिन् ।

उनले गत साल 'अबको तीज नो ब्रत प्लिज' बोलको गीत सार्वजनिक गरेकी थिइन् ।  उनको यो गीतको हिन्दूधर्मावलम्बीले विरोध गरेका थिए । |  उनले महिलाले आफ्नो पर्व स्वतन्त्रतापूर्वक मनाउन स्वयंम महिलाले आफ्नो यतार्थतालाई पहिले बदल्न् सक्नु पर्छ भन्ने सन्देश दिन यो गीत बनाएको बताएकी छिन् ।  


उनले आफ्ना गीतहरुबाट महिला मुक्तिका लागि सधैं संघर्ष गर्ने र नयाँ गीत 'आवाज' पनि यही सिलसिलाके नयाँ कडी भएको बताएकी छिन् ।   'आवाज'मा रमेश क्षितिजका शब्दलाई  हरि लम्साल संगीत गरेका छन् ।  नायिका शोभिता सिम्खडाले दृश्यमा विशेष उपस्थिति जनाएकी छिन् । गीतमा ग्राफिक्स भरत रेग्मीको रहेको छ ।

 गीतको लिंक

 


Author

थप समाचार
x