संगीत

इटालियन गायिकाको म्युजिक भिडियो सार्वजनिक

इकागज |
असार १८, २०७९ शनिबार १३:३० बजे

काठमाडौँ - इटालियन गायिका तथा लेखिका फेडस्टारको डोन्ट इभर लेट मी गो बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायन अतिरिक्त ब्याले, आधुनिक र बेली डान्समा समेत पोख्त फेडस्टारसहित जोन फ्रयांकको अभिनयमा तयार भएको भिडियोको निर्देशन नेपाली युवा निर्देशक कुशल श्रेष्ठले गरेका हुन् ।

भारतीय, बंगाली, पाकिस्तानी साथै अंग्रेजी प्रोजेक्टमा काम गरिसकेका अनुभवी निर्देशक श्रेष्ठकै छायांकन र सम्पादन रहेको इटालियन गायिकाको भिडियो बीचतिर स्पेनिस भाषाको रयापमा जोन फ्रयांकको फिचरिंग छ । भिडियोमा जोबिना हार्डीले मेकअप गरेकी छन् ।


सेन्ट्रल लन्डन आसपासमै छायांकन गरिएको म्युजिक भिडियोको कार्यकारी निर्माता फेडेरिका अन्ना सेटेमब्रीनी र म्युजिक प्रोड्युसर हुन् सर्जिओ कार्कासी ।

 


Author

थप समाचार
x