संगीत

‘रातो घाँघर’पछि इन्दिराले ल्याइन् ‘पछ्यौरी’

इकागज |
असार १६, २०७९ बिहिवार १५:४५ बजे

काठमाडौँ-  १२ वर्ष अगाडि ‘रातो घाँघर’ सार्वजनिक गरेकी गायिका इन्दिरा जोशीले १२ वर्षपछि ‘पछ्यौरी’ बोलको गीत दर्शक तथा श्रोतमाझ ल्याएकी छिन् ।
यो गीतमा इन्दिराकै शब्द तथा संगीत छ । वैवाहिक जीवनमा  बाँधिएपछि रातो सारी र सिउँदोमा सिन्दुर सजाएर गीत रिलिज कार्यक्रममा उपस्थित भएकी गायिकाले दर्शकको माया पहिलेको जस्तै पाउने विश्वास व्यक्त गरिन् ।

यो गीतलाई इन्दिराले लोक र पप शैलीमा तयार पारेकी छिन् । गीतको भिडियोलाई प्रविण सिंहले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । भिडियोमा हरि हुमागाँइको छायांकन, प्रविण श्रेष्ठको सम्पादन छ ।


गायिका जोशीले भिडियो खिच्नका लागि केही गाह्रो भएपनि दर्शकको चाहनाअनुसार काम गरेको बताइन् । यस्तै, मोडल निराजन प्रधानले इन्दिरासँग पहिलो पटक काम गर्दा आफूलाई खुसी लागेको प्रतिक्रिया दिए । 

 


Author

थप समाचार
x