संगीत

अष्ट्रेलियामा अन्जु र सञ्जिवको 'विजडम नाइट'

इकागज |
असार १४, २०७९ मंगलबार १७:४ बजे

काठमाडौँ  -  नेपाली सुगम गीत संगीतकी चर्चित गायिका अन्जु पन्त अष्ट्रेलियाको विभिन्न सहरहरूमा गुन्जने भएकी छिन । ुविजडम नाइटुनामक यो सांगीतिक यात्रामा सिड्नीमा नै रहेका गायक सञ्जिव पराजुलीले अन्जुलाई साथ दिने भएका छन् ।

दसैँको अवसर पारेर विजडम इन्टरटेनमेन्टले आयोजना गर्न लागेको ुविजडम नाइटु सेप्टेम्बर १७ देखि सेप्टेम्बर ३० सम्म आयोजना हुने जानकारी विजडम एजुकेसन कन्सल्टेन्सीका सीईओ सफल कार्कीले गराएका छन । ‘अष्ट्रेलियाको विभिन्न सहरहरूमा रहनु हुने गीत संगीत अनुरागीहरूको चाह र माग अनुरूप नै हामीले अन्जु पन्तको साथमा सञ्जिव पराजुलीलाई  लिएर सांगीतिक कार्यक्रमको आयोजना गर्न लागेका हौं ‘ कार्कीले जानकारी दिए ।


उनका अनुसार कार्यक्रम पहिले १७ सेप्टेम्बरका दिन सिड्नीमा हुने छ त्यसपछि भने अन्य सहरहरूमा क्रमश यो सांगीतिक कार्यक्रमको यात्रा अघि बढ्ने छ । अष्ट्रेलियामा रहनु हुने नेपालीहरू माझ प्रस्तुत हुने अवसर मिलेकोमा गायिका पन्तले पनि खुसी ब्यक्त गरेकी छिन् । ‘ दसैँको अवसरमा अष्ट्रेलियामा रहनु हुने नेपालीहरू माझ गीत संगीत मार्फत मनोरन्जन प्रदान गर्न म आउँदै छु । हजुरहरू पनि आउनु होला । सँगै नाचौंला, गाउँला र रमाइलो गरौंला ‘ पन्तले आग्रह गरेकी छिन् ।


Author

थप समाचार
x