संगीत

अनुप र सौगातको सो ‘म्याडभेन्चर’ मा जोडिए स्याडोजका स्वप्निल

इकागज |
असार १३, २०७९ सोमबार १०:९ बजे

काठमाडौँ - अभिनेता अनुप विक्रम शाहीको संचालन र सौगातमान सिंह बस्नेतको निर्देशन रहने एडभेन्चर रियालटी सोको नाम ‘म्याडभेन्चर’ राखिएको छ । निर्देशक बस्नेतले सोको नाम ‘म्याडभेन्चर’ जुरेको जानकारी दिए ।

यात्रा र एडभेन्चरमा म्याडनेस थपेर रोचक र रोमान्चक यात्रा गराउने सो भर्सटाइल अभिनेता शाहीले ५ एपिसोडमा फरक फरक स्थानको परिचय दिनेछन् ।
रोचक शैलीमा निर्माण हुने सोको गीत र संगीतका लागि नेपाली रक संगीतमा चर्चित ब्यान्ड ‘स्याडोज’ का सदस्य स्वप्निल शर्मा भित्रिएका छन् । शर्माका अलावा प्रसिद्ध टिम फज फ्याक्ट्रीका रोहित शाक्य पनि टिममा रहने निर्देशक बस्नेतले बताए ।


यात्रा, संगीत र एडभेन्चरले भरिपूर्ण यस सोको अझै तयारी भइरहेको छ र रोचक बनाउन कुनै कसुर बाँकी नराखिने निर्देशक बस्नेतको भनाइ रहेको छ । प्रचार प्रसारसमेत नयाँ ढंगबाट भइरहेको सो नेपाली ट्राभल तथा टुरिजम क्षेत्रका लागि एउटा महत्वपूर्ण दस्तावेज हुने निर्माण टिमको विश्वास रहेको छ ।

सो टुरिजम क्षेत्रमा लामो समयदेखि सकृय ट्रेकिङ टिम, प्रोडक्सन, ग्राफिक्स तथा एडभरटाइजिङमा सकृय ब्रान्डलेन्सर र स्टुडियो कृयोको निर्माण रहेको सोको व्यवस्थापन तथा निर्माण ब्रान्डलेन्सर र स्टुडियो कृयोले गरिरहेको छ ।

अंग्रेजी र नेपाली दुवै भाषामा निर्माण हुने सोको पहिलो चरणमा ५ भाग निर्माण हुनेछ । यी भागमा ‘आइल्यान्ड पिक’, ‘हुम्ला’, ‘मनाङ एण्ड मुस्ताङ (बाइक राइड)’, ‘रोयल ट्रिप विथ माउन्टेन फ्लाइट’, ‘दुर्गम क्षेत्रको लोकेसन प्रमोट’का विषय समेटिनेछ । ‘सोमा थुप्रै पिकहरु चढ्ने र अन्तिम भागमा सगरमाथासम्मको आरोहण गराउने उद्देश्य हाम्रो रहेको छ’ निर्देशक सौगातले थपे ।
 


Author

थप समाचार
x