संगीत

शनिबार 'एलओडी' मा कुटुम्बको पञ्चेबाजा, धिमे, सारङ्गी,मुरली र मादल घन्किने

इकागज |
असार ८, २०७९ बुधबार १७:६ बजे

काठमाडौँ- ठमेलस्थित 'एलओडी' क्लबमा आगामी शनिबार सांगीतिक समूह 'कुटुम्ब' आफ्नो प्रस्तुती दिने भएका छन् । सधैँ 'डिजे' संगीत घन्किने यसपटक शनिबार क्लबमा भने लोकधुन गुञ्जिने छ ।

पञ्चेबाजा, धिमे, सारङ्गी,मुरली र मादलको धुनले क्लबको माहोल फरक हुने आयोजकले जनाएका छन् । कुटुम्बले सोही दिन स्थानीय लोकबाजाको प्रयोग गर्ने छन् ।


ब्याण्डले च्याब्रुङ, धां, धिमे, बाँसुरी सारंगी, तुङ्गना अर्बाजो, पञ्चेबाजा, मादल, धिमे, सारङ्गी र मुरली जस्ता बाजा प्रयोग गरी आफ्नो सांगीतिक समूहलाई अगाडि बढाइरहेका छन् ।

नेपालका विभिन्न जातजातिले प्रयोग गर्ने उक्त बाजा कुटुम्बले प्रयोग गर्दै आइरहेका छन् । धेरैजसो नेपालका लोकप्रिय बाजाहरू बजाउन गर्छ कुटुम्बले ।

ब्यान्डमा विषेशगरी 'छ' जना छन् । नेपाली संगीत क्षेत्रमा फरक शैलीको धुन बजाएर नाम छुट्टै पहिचान बनाएको समूहले नेपाली बाजाको उत्थानसमेत गर्दै आएको छ ।


Author

थप समाचार
x