फिचर

इंग्लिस प्रिमियर लिग

कोभिडका बाबजुद कायम रहेकाे ‘बक्सिङ डे’को रौनक

इकागज |
पुस ११, २०७८ आइतवार १५:१९ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा आइतबार राति ६ खेल हुँदैछन् । ‘बक्सिङ डे’का दिन नौ खेल हुने तालिका भएपनि तीन खेल स्थगित भएका छन् । यसको कारण कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोन हो । यसको असर असर पूरै बेलायतभरी परेको छ । प्रिमियर लिगका कयौँ क्लबका खेलाडी तथा प्रशिक्षण टिमका सदस्यहरू समेत कोभिड संक्रमणमा परेका छन् । 

लिड्स युनाइटेडले आफ्ना पाँच खेलाडी कोभिड संक्रमित भएको बताएको छ । चोटका कारण पहिलेबाटै कयौँ खेलाडी गुमाइसकेको लिड्समा कोभिड संक्रमण फैलिएछि उसले लिभरपुलसँगको खेल स्थगित गर्न प्रिमियर लिगसमक्ष अनुरोेध गरेको थियो । लिड्सको अनुरोध मान्दै प्रिमियर लिगले एनफिल्डमा हुने लागेको खेल रोकिसकेको छ । लिभरपुल र लिड्सबीचको खेलसँगै उल्भरह्याम्पटन र वाटफोर्ड अनि बर्नली र एभरटनबीचको खेल पनि स्थगित भएका छन् । 


पछिल्ला खबरहरुका अनुसार एस्टन भिल्लाका स्टिभन जेरार्ड पनि कोभिड संक्रमित भएका छन् । यसकारण उनले आइतबार राति हुने चेल्सीसँगको खेल गुमाउनेछन् । उता चेल्सीका लागि भने सुखद खबर छ । उसका स्ट्राइकर रोमेलु लुकाकु र विंगर क्यालुम हड्सन ओडोई संक्रमण मुक्त भएका छन् । अनि रक्षक आन्दे्रस क्रिस्टेन्सन पनि अभ्यासमा फर्किएका छन् । उनी चोटका कारण मैदानबाहिर थिए । 

भिल्लापार्कमा हुने खेल जसरी भए पनि जित्ने ध्येयमा हुनेछ, चेल्सी । पछिल्ला पाँच खेलमध्ये दुईमा मात्रै जित हात पारेको चेल्सी लिग लिडर म्यानचेस्टर सिटीभन्दा ६ अंकले पछाडि परिसकेको छ । यसकारण चेल्सी भिल्लालाई हराउँदै सिटीसँगको दूरी घटाउन चाहन्छ । 

उता सिटीको भेट भने लेस्टर सिटीसँग हुँदैछ । सिटी भने अरु केही क्लब जस्तो कोभिडको शिकार बनिसकेको छैन । बरु घाइते भएका खेलाडीसमेत टिममा फर्किएका छन् । अमेरिकी समाचार एजेन्सी एपीका अनुसार रक्षक कायल वाल्कर र फरवार्ड फेरान टोरेस यो खेलका लागि उपलब्ध हुनेछन् । टोरेसका लागि यो सिटी करियरको अन्तिम खेल हुनसक्ने पनि बताइएको छ । उनी बार्सिलोना जाने पक्का भइसकेको छ । गत साता न्युकासल युनाइटेडसँगको खेल गुमाएका फिल फोडन र ज्याक ग्रेलिस पनि टिममा फर्कन सक्ने अनुमान गरिएको छ । उनीहरुलाई अनुशासनको कारबाही स्वरुप न्युकासलविरुद्धको खेलमा प्रयोग गरिएको थिएन । 

यसै साता काराबाओ कपको सेमिफाइनलमा लिभरपुलसँग हारेको लेस्टरका लागि च्याम्पियन सिटीसँगको खेल फलामको चिउरा सावित हुने पक्का छ । यसको कारण टिममा देखिएको चोटको समस्या हो । बे्रन्डन रोजर्सले भरपर्दा स्ट्राइकर जेमी भार्डीलाई गुमाएका छन् । भार्डी लिभरपुलसँगको खेल दौरान घाइते भएका थिए । यसैगरी रोजर्सको टिममा रक्षकद्वय साग्लर सोयन्सु र रिकार्डो परेरा पनि अनुपस्थित रहनेछन् । 

पछिल्लो समय बलियो लयमा रहेको आर्सनल भने नर्विच सिटीसँग भिड्दैछ । सिजनको सुरुवातमा लगातार तीन लिग खेल हारेको आर्सनलले त्यसपछि आफ्नो प्रदर्शनमा सन्तोषजनक सुधार गरेको छ । नोभेम्बर २० देखि डिसेम्बर ६ सम्म खेलेका चार खृलमध्ये तीनमा हार बेहोरेको आर्सनलले त्यसयता भने सरासर तीन खेल जितेको छ । यसकै नतिजा स्वरुप आर्सनल हाल लिगको चौथो स्थानमा छ । 

नर्विचसँगको खेलका लागि आर्सनलसँग पाब्लो मारी, क्यालुम चेम्बर्स र खल्बर्ट लोकोंगो हुने छैनन । यी तीनै खेलाडी कोभिड संक्रमणमा परेका छन् । पूर्वकप्तान पेयर एमरिक आबुमेयाङ पनि टिममा नहुने अनुमान गरिएको छ । यस्तोमा आर्सनलको अग्रपंक्ति एमिल स्मिथ रो, एड्डी नेकेटिया र एलेक्जेन्डर लाकाजेटले सम्हाल्नेछन् । 

उता नर्विच भने खराब लयमा छ । जारी सिजन जम्मा दुई लिग खेल जितेको नर्विच २० औँ स्थानमा छ । फेरि टिममा कोभिडको असर पनि अत्याधिक परेको छ । टिमका सबै खेलडीको पीसीआर जाँच गरिएको र कुन कुन खेलाडी आर्सनलविरुद्धको खेलका लागि उपलब्ध हुन्छन् भन्ने टुंगो नरहेको बताइएको छ । 

लन्डनकै अर्को टिम टोटनहमको खेल क्रिस्टल प्यालेससँग छ । टोटनहम हाल सातौँ स्थानमा छ । १५ खेल मात्रै खेलेको टोटनहमको खातामा २६ अंक छ । तीन खेल धेरै खेलेको आर्सनल र टोटनहमबीचको दूरी ६ अंकको छ । यसकारण प्रशिक्षक एन्टोनियो कोन्टेको लक्ष्य नर्विचलाई हराउँदै शीर्ष चारको नजिक पुग्नु हो । 

पाँचौँ स्थानको वेस्टह्याम र १५ औँ स्थानको साउथह्याम्पटनबीचको खेल पनि आइतबार राति हुनेछ । लन्डन रंगशालामा हुने खेलका लागि वेस्टह्यामसँग मिचेल एन्टोनियो हुने छैनन् । कोभिड संक्रमित भएकाले उनलाई डेभिड मोयसले उपयोग गर्न पाउने छैनन् । आरोन क्रेसवेल र भ्लादिमिर कौफल पनि वेस्टह्यामका लागि उपलब्ध हुने छैनन् । उता साउथह्याम्पटनका तीन खेलाडी चोटमुक्त भएका छन् । पछिल्लो समय मैदान बाहिर रहेका स्टुवार्ट आम्र्सस्ट्रोङ, चे एडम्स र एडम आम्र्सस्ट्रोङ अभ्यासमा फर्किसकेका छन् । यसकारण साउथह्याम्पटका प्रशिक्षक राल्फ हासेनहुटेलले राहत महशुस गरेका छन् । 


Author

थप समाचार
x