फिचर

श्रीलंका संकटः क्रिकेट ‘मानसिक उपचार’ को माध्यम

इकागज |
असार २४, २०७९ शुक्रबार १२:४७ बजे

कोलम्बो- श्रीलंकामा आर्थिक संकटलाई बिर्साउनेहरुका लागि क्रिकेट एउटा गतिलो माध्यम बनेको छ । इन्धन किन्न लामो लाइन, सवारीसाधन नचलेका कारण विद्यालय र कार्यालयहरु प्रभावित भइरहेको समयमा क्रिकेटले त्यो पीडा भुलाउन केही मद्दत गरेको छ । 

क्रिकेट खेलका लागि मरिहत्ते गर्ने दक्षिण एसियाली टापु राष्ट्रले अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ । खाद्यान्न, इन्धन र औषधिको तीव्र अभाव छ भने सरकारले विद्यालय र विश्वविद्यालयहरू बन्द गरेको छ र इन्धन आपूर्ति सीमित गरेको छ ।


‘हो, देशमा समस्या छ – सबै प्रकारका समस्याले जनता गरिब र असहाय बनेका छन् । हामी नीरस जीवन बिताइरहेका छौं र कहिलेकाहीँ पाँच, छ, सात दिन इन्धन लाइनमा बिताएका छौं,’ गत हप्ता श्रीलंका र अष्ट्रेलियाबीच गालेमा भएको पहिलो टेष्ट आफ्ना १० वर्षीय छोरासँग हेरेपछि उजिथ निलान्थाले भने । 

"बच्चाहरूको लागि कुनै खुशी छैन, र हामी बच्चालाई चाहिने कुरा प्रदान गर्न सक्दैनौ । जब हामी यो [क्रिकेट] हेर्छौं यसले मानसिक निको ल्याउँछ, "उर्जा संकटसँगै आगमनमा गिरावट आएपछि पर्यटन क्षेत्रमा जीविकोपार्जनमा बाधा पुगेको निलान्थाले थपे।

‘बालबालिकालाई खुसी पार्ने केही छैन, र हामी उनीहरुलाई चाहिने कुरा प्रदान गर्न सक्दैनौ । जब हामी यो [क्रिकेट] हेर्छौं यसले मानसिकरुपमा स्वस्थ रहन सहयोग गर्छ,’ निलान्थाले थपे । उनका अनुसार उर्जा संकटसँगै पर्यटक आगमनमा आएको गिरावटका कारण पर्यटन क्षेत्रमा लागेका उनलाई जीविकोपार्जनमा समस्या परेको छ । 

निलान्थाका अनुसार श्रीलंकाको हैसियतमा महंगो खेलको रुपमा रहेको क्रिकेट खेल्नका लागि आफ्ना छोरालाई सुझाव दिने मनसाय बनाएका थिए तर अचानक आएको परिवर्तनका कारण उनले आफ्नो मनसाय बदल्न पुगे । 

‘हामीलाई क्रिकेट मन पर्छ तर रोजगारी र अन्य समस्याका कारण हामी आफ्नो सबै समय क्रिकेटमा खर्च गर्न सक्दैनौ । तर, क्रिकेट हेरेर दवावबाट केही राहत पाउने अपेक्षा गरेको छु,’ निलान्थाले भने । 

‘दुःखको समयमा मात्र क्रिकेटको साथ’

श्रीलंकामा क्रिकेट स्थानीय संस्कृतको पाटोको रुपमा रहेको छ । जातीय, धार्मिक र राजनीतिक हिसाबले विभाजित श्रीलंकामा क्रिकेटले एकता ल्याउने काम गरिरहेको छ । 

श्रीलंकामा गृहयुद्धका समयमा पनि क्रिकेटको विकास जारी थियो । स्वतन्त्रताका लागि लडेका तत्कालीन तमिल टाइगरले पनि सन् १९९६ को विश्वकपको फाइनलका क्रममा युद्ध रोकेको थियो र अष्ट्रेलियालाई पराजित गर्दै श्रीलंकाले विश्वकप जितेको थियो । 

१६ वर्षीय थिकसाना नेथुमाक्सिला क्रिकेट हेर्न भनेर मताराबाट रेलको यात्रा गर्दै गाले आएका थिए । खासमा विद्यालको परीक्षाको तयारी गर्नुपर्ने नेथुमाक्सिला विद्यालय बन्द भएका कारण क्रिकेट हेर्न आए । 

‘दुःखको समयमा क्रिकेट मात्रै हुन्छ । समस्याहरुलाई दिमागबाट बाहिर निकाल्न हामी यहाँ क्रिकेट हेर्न आएका हौ,’ नेथुमाक्सिलाले भने । अष्ट्रेलियाले तीन खेलको टी-ट्वान्टी सिरिज, पाँच खेलको एकदिवसीय सिरिज तथा दुई खेलको टेष्ट सिरिजका लागि श्रीलंकाको भ्रमण गरेको हो । 

अष्ट्रेलियाका सामु श्रीलंकाका जनताले झेलिरहेको आर्थिक संकटका समयमा श्रीलंका भ्रमण गर्नुअघि नैतिक थियो तर श्रीलंका भ्रमण गरेपछि भने अष्ट्रेलियाले चौतर्फी प्रशंसा बटुलेको छ । 

त्यतिमात्र नभएर पाँचौ एकदिवसीय खेलका क्रममा मनोरञ्जन प्रदान गरेको तथा श्रीलंकाको बारेमा सकारात्मक सन्देश प्रवाह गरेको भन्दै समर्थकहरुले अष्ट्रेलियाले लगाउने पहेलो जर्सी लगाएर मैदान आएका थिए । 

(एसोसियट प्रेसका लागि कृषण फ्रान्सिसले लेखेको आलेखको भावानुवाद इकागजका सञ्जीव शाहले गरेका हुन्)
 


Author

थप समाचार
x