अझै बजेट पेश गरेनन् ६३ वटा स्थानीय तहले
काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अझै ६३ वटा स्थानीय तहले चालु आर्थिक वर्ष २०७९/८० को बजेट पेश नगरेको बताएको छ ।
मन्त्रालयका अनुसार कुल ७५३ स्थानीय तहमध्ये हालसम्म ६९० वटाले मात्र चालु आर्थिक वर्षको बजेट पेश गरेका छन् । हालसम्म बजेट पेश नगर्ने स्थानीय तहमा प्रदेश नं.१ का ३, मधेस प्रदेशका ३९, बागमती प्रदेशका ४, लुम्बिनी प्रदेशका १०, कर्णाली प्रदेशका ३ र सुदूरपश्चिम प्रदेशका ४ वटा रहेका छन् ।
गण्डकी प्रदेशका सबै स्थानीय तहले बजेट पेश गरिसकेको मन्त्रालयले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया