साहित्य

ह्यारी पोटरका संवाद बोलेर विश्व कीर्तिमान

इकागज |
माघ १४, २०७८ शुक्रबार १४:२१ बजे

लन्डन- ११ वर्षका बालकले ह्यारी पोटरका संवाद चिनेर विश्व कीर्तिमान कायम गरेका छन् । बेलायतको म्यानिङ ट्री एसेक्सका एली चेम्लिकले ह्यारी पोटरको सबै संस्करणबाट उठाएका संवाद बोल्ने चरित्र चिनेर गिनिज वल्र्ड रेकर्र्ड बनाएका हुन् । 

एलीले स्टार्स वार्सका शृंखलाबाट चरित्रले बोलेको संवाद मिलाएपछि वल्र्ड रेकर्डका लागि प्रयत्न गर्ने मनोबल बढेको बताएका छन् । एलीले ६ वर्षको उमेरमा पहिलो पल्ट ह्यारी पोटर सिरिज पढेको र पढ्ने बित्तिकै यसको फ्यान बनेको बताएका छन् । उनले रेकर्डका लागि थप पढेको र अन्ततः सफल भएको बताएका छन् । 


उनले कीर्तिमानका लागि प्रयास गर्नुअघि साथीहरूसँग बारम्बार परिक्षण गरेका थिए । वल्र्ड रेकर्डका लागि दुई जना टाइम किपर र दुई जना साक्षी हुनपर्छ । यसरी रेकर्ड गरिएको भिडियो गिनिजमा पठाएर उताबाट स्वीकारेपछि उनको रेकर्ड औपचारिक भएको थियो । 

उनीहरूले ह्यारी पोटरका किताबबाट ५० वटा जति भनाइ संकलन गरेका थिए । यसका लागि कम्तिमा चार चरित्रको भनाइ छानिएको थियो । एलीले संवाद भन्नेले ढिला पढेकाले आफूले १९ वटा मात्र मिलाउन सकेको बताएका थिए । उनले अभ्यास गर्दा ४० वटासम्म मिलाएको बताएका थिए ।  


Author

थप समाचार
x