साहित्य

पुष्पलालका प्रिय पात्र मदनलालको पुस्तक सार्वजनिक

इकागज |
पुस २३, २०७८ शुक्रबार २०:३० बजे

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालसँग लामो समय सहकार्य गर्ने अवसर पाएका मदनलाल पौडेलको आत्मकथा ‘मृत्युले मुसारेको मानिस’ पुस्तक सार्वजनिक भएको छ ।

शुक्रबार काठमाडौँमा वरिष्ठ साहित्यकार तथा पूर्व मन्त्री मोदनाथ प्रश्रितले एक समारोहबीच लोकार्पण गरेका हुन् । २०१७ सालपछि तितरबितर भएको नेपालको कम्युनिस्ट आन्दोलनलाई पुनः सङ्गठित गरी त्यसको मजबुत जग हाल्ने काममा ती कार्यकर्ताहरूको संघर्ष, रगत पसिना र इमान जमानको सेरोफेरोमा यो आत्मकथा केन्द्रित छ। 


मदनलाल पौडेल एउटा प्रतिनिधि पात्र हुन्, यस सङ्घर्षको कथाको। त्यसैले उनको कथाले मूलतः त्यति बेलाको परिवेश र समग्रतालाई समेट्न सकेको हुँदा  तत्कालीन समय प्रभावको एउटा दर्पण बनेको कुरा समीक्षकहरूले समारोहमा बताएका छन्। पौडेल पुराना पत्रकार पनि हुन्। 


 


Author

थप समाचार
x