साहित्य

कविता

व्यस्त छु

डा. प्रकाश चन्द्र लोहनी |
माघ २८, २०७९ शनिबार १२:० बजे

समयको कुरो हो 

कसलाई शत्रु भनूँ 


कसलाई मित्र भनूँ 

दुवै एकै रहेछन् 

कैले यता 

कैले उता 

बन्दुक चलाउन परे पनि  

माला  लगाउने भए पनि

तिमी न  मेरो शत्रु 

न मेरो मित्र 

न तिमीसँग राग 

न तिमीसँग वैराग

बसे पनि स्वागत 

गए पनि स्वागत 

यो अनन्त  ब्रह्माण्डमा

अनगिन्ती थोपाहरूमा  

म सानो थोपा 

आफ्नो काममा व्यस्त छु

 


Author

थप समाचार
x