साहित्य

पूर्व उपराष्ट्रपति परमानन्द झाको जीवनी ‘मधेसको माटो म’ सार्वजनिक

इकागज |
भदौ २, २०७९ बिहिवार १०:३६ बजे

काठमाडौँ - नेपालको पहिलो उपराष्ट्रपति परमानन्द झाको जीवनमा आधारित पुस्तक ‘मधेसको माटो म’ बाहिर आएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले एक समारोहका बीच उपराष्ट्रपति कार्यालयमा सो पुस्तक लोकार्पण गरेका थिए ।  

कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले मान्छेको जीवन जस्तै राष्ट्रको जीवनमा पनि अप्रत्याशित , आश्चर्यचकित मोडहरू आउने र त्यसले सकारात्मक मोड ल्याउने भन्दै अप्रत्यासित रुपमै गणतन्त्र आएको बताएका थिए । कार्यक्रममा उनले गणतन्त्रको प्रथम उपहार मधेसकै माटोले पाएको भन्दै गणतन्त्रपछि मधेसको माटोले राष्ट्रपति र उपराष्ट्रपति उपहार पाएको बताएका थिए ।  


कार्यक्रममा बोल्दै कृषि तथा पशुपंक्षी मन्त्री मृगेन्द्रकुमार सिंहले पूर्व उपराष्ट्रपति झाको पुस्तकले पहिचानको मुद्दालाई अझ बढावा दिएको बताए । मधेस गौरव गर्नु पर्ने माटो भए पनि मधेसले एक भाषा , एकसंस्कृतिको दबाबका कारण अझै मधेस पहिचानको सवालमा संघर्ष गरिरहेको धारणा राखेका थिए ।

कार्यक्रममा सर्वाेच्च अदालतका पूर्व न्यायाधीशद्वय गिरिशचन्द्रलाल र शारदा श्रेष्ठले मधेस पनि देशभित्रकै अंग भएकोले राज्यले समान ढंगले व्यवहार गर्नुपर्नेमा जोड दिएका थिए । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवम राष्ट्रिय समाचार समिति धर्मेन्द्र झाले भावनाका तरंगहरु मधेसको भावनामै मात्र भएको त्यो भाव उम्लन नदिन राज्यले गर्नु पर्ने कर्तव्यहरु धेरै भएको बताएका थिए ।  पुस्तकको समीक्षा गर्दै समीक्षक उद्धव प्रसाद भटराईले लेखक झाले लेखेको पुस्तकले आफू जन्मेको माटोको सगौरव व्याख्या गरेको र माटो प्रेमको पुस्तक भएको बताएका थिए ।  

कार्यक्रममा बोल्दै लोकतान्त्रिक समाजवादी पार्टीका नेता डाक्टर सुरेन्द्र कुमार झाले संविधानमा बहुल पक्षलाई प्रधानता दिएको भए पनि व्यवहारमा त्यस्तो नभएकोले नै मधेसका धेरै मुद्दाको माग अझै नसकिएको बताए । पुस्तकले यो कुरालाई थप बल दिने उनको भनाई थियो ।

कार्यक्रममा लेखकीय मन्तव्य राख्दै पूर्व उपराष्ट्रपति परमानन्द झाले आफूले जीवनमा भोगेको धेरै कुरा पुस्तकमा आए पनि लेख्ने क्रममा धेरै कुरा छुटेको बताए । 


Author

थप समाचार
x