साहित्य

प्रधानमन्त्री देउवाले लोकार्पण गरे पूर्वमन्त्री प्रतिभाको ‘गहिराइ’

इकागज |
साउन २९, २०७९ आइतबार १५:७ बजे

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वमन्त्री तथा राजदूत प्रतिभा राणाको ‘गहिराइ’ र अंग्रेजी कविता, ‘कर्टन अफ माया’ को विमोचन गरेका छन् । शनिबार आयोजित विमोचन समारोहलाई सम्बोधन गर्दै साहित्य, संगीत र कलाविना समाज र  देश पूर्ण नहुने बताएका थिए । 

लेखक प्रतिभा राणाले आपूmले २१ वर्षको उमेरदेखि लेखेको कविताहरू सङ्ग्रहको रुपमा प्रकाशित भएको बताइन् । कृतिमा मानवीय जीवनका प्रेम, गाथा, प्राकृतिक सौन्दर्य ईश्वरीयदेन लगाएतका विविध, विषय समावेश भएको उनले जानकारी गराइन् । 


विमोचनपछि समालोचकले कृतिमाथि टिप्पणी गरेका थिए । सो क्रममा समालोचक डा. ज्ञानु पाण्डेले लेखक प्रतिभा राणालाई कविको रुपमा साहित्य बजारमा स्वागत गर्दै उनका कवितामा जीवन र जगत समावेश भएको टिप्पणी गरेकी थिइन् ।  

यसैगरी समालोचक राम लोहनीले अंग्रेजी कवितामाथि समालोचना गर्दै संग्रहमा दर्शनलाई व्याख्या गरेर निर्माण भएका कविताले ठाउँ पाएको बताएका थिए ।  शिखा बुक्सले प्रकाशन गरको दुई कृतिको मूल्य रु. ४५०÷– र रु ३५०÷– रहेको छ । 
 


Author

थप समाचार
x