जीवनशैली

फोटोपसलले दियो फोटोग्राफरलाई १ दिने कार्यशाला

इकागज |
फागुन ३०, २०७८ सोमवार ११:५ बजे

काठमाडौं - विभिन्न विधामा रही फोटोकारिता गरिरहेका फोटो पत्रकारलाई लक्षित गरी एक दिने कार्यशाला सम्पन्न गरिएको छ । ‘सिकौं, सिकाऔं, उठौ, उठाऔं, अनि फोटोग्राफरको सम्मानमा सधैं अग्रसर बनौं’ भन्ने नारासहित फोटोपसलको आयोजना तथा फोटोकिपाको सह आयोजनामा भएको उक्त कार्यशाला सम्पन्न भएको हो ।  माउन्टेन फोटोग्राफीका हस्ती मानिने जगदिश तिवारी, वरिष्ठ फेसन फोटोग्राफर राजभाई सुवाल, फोटोपसलका अध्यक्ष योगेन्द्रजंग बस्नेतले कार्यशालामा आफ्ना अनुभव राखेका थिए । 

देशभरबाट १ सय ५० सहभागि रहेको कार्यशालामा बोल्दै माउन्टेन फोटोग्राफर जगदिश तिवारीले पेशागत सम्मानका लागि कार्यदक्षताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने र त्यसका लागि सीपमा निखारपना ल्याउनु पर्नेमा जोड दिएका थिए । 


फोटोपसलका अध्यक्ष योगेन्द्रजंग बस्नेतले फोटोग्राफरलाई एउटै ठाउँमा उभिएर व्यावसायिकतामा निखारपना ल्याउन फोटोपसलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उठेर काम गर्ने बताए । वरिष्ठ फेसन फोटोग्राफर राजभाई सुवालले बदलिंदो डिजिटल दुनियाँमा फोटोग्राफरले चुनौतीको सामना गर्दै अगाडि बढ्ने हो भने संसारकै सबैभन्दा धेरै अवसर रहेको पेसामा फोटोग्राफी रहेको बताउँदै प्रविधिको साथमा आफूलाई पनि अपडेटमा राख्न फोटोग्राफरलाई सुझाए । 

फाटोपसलका प्रबन्ध निर्देशक विक्रम न्यौपानेले प्रविधि, सीप, र बजारीकरणको मूल मर्मलाई आत्मसाथ गर्दै देशभर रहेको फोटोग्राफरहरुलाई एकसाथ अगाडि बढाउने योजनासहित फाटोपसलले कार्यशाला गर्दै आइरहेको बताए । 

कार्यक्रममा तिवारी र सुवाललाई सम्मान गरिएको थियो । त्यसै गरी विश्व फोटोग्राफी दिवसको अवसरमा गरिएको कपल प्रोट्रेट फोटोग्राफी प्रतियोगिता २०२१ को उत्कृष्ट, सर्वोत्कृष्ट, विजयीलाई पुरस्कार तथा प्रमाणपत्र पदान गरिएको थियो । जसमा फोटोग्राफर विवेक श्रेष्ठले खिचेको जोडी फोटो विजयी भएको थियो । 


Author

थप समाचार
x