जीवनशैली

टीकाको तेश्रो दिन

आज पनि आफन्त र मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी

इकागज |
असोज ३१, २०७८ आइतवार १३:६ बजे

फाइल तस्बिर

काठमाडौँ - दसैँको टीकाको तेश्रो दिन आइतबार पनि आफन्त र मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिने क्रम चलिरहेको छ । विजयादशमीका दिन टीका थाप्न जान नपाएका आफन्त तथा टाढा टाढा रहेका मान्यजनका घरमा टिका थाप्न जानेको चहलपहल बढेको हो।

टीका र जमरासहित आशीर्वाद थाप्ने क्रम पूर्णिमासम्म चल्नेछ । देशका केही ठाउँमा भने विजया दशमीको दिन मात्रै टीका लगाउने चलन छ । कोजाग्रत पूर्णिमामा जमरा बिसर्जनसँगै दसैँ सकिन्छ । यस्तै फुलपातिदेखि सुनसान भएको उपत्यकामा चहलपहल बढेको छ । 



Author

थप समाचार
x