अनियमितता

मालपोत कार्यालयका खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज |
बैशाख २१, २०७९ बुधबार १५:१० बजे

काठमाडाैँ  – मालपोत कार्यालय टोखा, सरस्वती, काठमाडौंमा कार्यरत खरिदार विनोद तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकाे छ ।

अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले खरिदार तिवारीविरुद्ध ​विशेष अदालतमा भ्रष्टाचार मुद्दा गरेकाे हाे ।


मुद्दा फाँटमा कार्यरत खरिदार तिवारीले जग्गा नामसारी दर्ता गरी जग्गा धनी प्रमाण पूर्जा बनाउने काममा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग बीस हजार रुपैयाँ घुस मागेकाे​ माग गरिरहेको भन्‍ने सूचनाकाे आधारमा अख्तियारले वैशाख ४ गते नियन्त्रणमा लिइएको थियो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले निज तिवारीलाई बिगो बीस हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन अख्तियारले दायर गरेकाे आराेप पत्रमा उल्लेख छ । 


Author

थप समाचार
x