अनियमितता

प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज |
बैशाख २१, २०७९ बुधबार १४:५४ बजे

काठमाडाैँ – मुगु छायाँनाथ रारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारुसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा
भएकाे छ ।

अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले प्रमुख प्रशासकीय अधिकृत सारु, सव-इञ्जिनियर हस्त बहादुर मल्ल, इञ्जिनियर महेश सिंह कठायत, उपभोक्ता समितिका अध्यक्ष राममाया मल्ल र कोषाध्यक्ष रत्नादेवी हमालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा गरेकाे हाे ।


नगरपालिकाले वडा नं. २ मा पर्ने पैदल बाटोमा पक्की सिंढी निर्माण गर्ने गरी आर्थिक वर्ष २०७४/०७५ मा विनियोजन भएको रकम उनीहरुले हिनामिना अख्तियारकाे अनुसन्धानबाट खुलेकाे छ ।

२९ लाख ७७ हजार ८ सष २१ रुपैयाँ ११ पैसा हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेकाे अख्तियारले दायर गरेकाे आराेप पत्रमा उल्ल‍ेख छ। 


Author

थप समाचार
x