अनियमितता

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी

इकागज |
चैत २६, २०७८ शनिबार १९:४९ बजे

मकवानपुर । बागमती प्रदेश सरकार प्राथमिकताको योजना अन्तरगत रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका अनुसार प्रतिष्ठानमा कर्मचारी नियुक्ति र स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको हाे।  आयोग कार्यालय हेटौंडाका सूचना अधिकारी विष्णु सापकोटाले उजुरीमाथि आयोगले अनुसन्धान सुरु गरिसकेको बताए ।

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय स्रोतको अनुसार आयोगले अनुसन्धानको क्रममा अनियमितता भएको भन्ने विषयमा छानविन गर्न प्रतिष्ठानसँग आवश्यक कागजातसमेत माग गरेको थियो। 



Author

थप समाचार
x