अनियमितता

वैदेशिक रोजगार विभागका सुब्बा ३० हजार घुससहित पक्राउ, अख्तियारमा मुद्दा दायर

इकागज |
चैत ८, २०७९ बुधबार १६:३३ बजे

फाइल फोटो

काठमाडौं - वैदेशिक रोजगार विभागका नायव सुब्बा प्रमोद पाण्डे ३० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन् । वैदेशिक रोजगार कसुरमा मिलापत्रपश्चात रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिएका नासु पाण्डेलाई पक्राउ गरिएको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । 

घुस माग गरिरहेको भन्ने निवेदनको आधारमा अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । उनलाई घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियार प्रवक्ता भोला दाहालले जानकारी दिए ।


पक्राउ परेका पाण्डेविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम कैद र विगो जरिवाना हुन मागदाबीसहित बुधबार बिशेष अदालतमा आरोपपत्र दायर गरिएको प्रवक्ता दाहालले जानकारी दिए । 
 


Author

थप समाचार
x