अनियमितता

ललितपुर महानगरका शिक्षा अधिकृत एक लाख घूससहित पक्राउ

इकागज |
फागुन २५, २०७९ बिहिवार १७:२० बजे

काठमाडौँ- ललितपुर महानगरपालिकाका शिक्षा अधिकृत शेषकान्त पौडेल एक लाख रुपैयाँ घूससहित पक्राउ परेका छन् ।

शिक्षक सरुवा गर्न सहजीकरण गर्न घूस लिएको आरोपमा पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हाे ।


अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग घूस लिएकाे आराेप​ छ । अख्तियारले पौडेललाई घूस रकमसहित पक्राउ गरेकाे हाे ।

प्रवक्ता थपलियाद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ, ' जिल्ला ललितपुर, ललितपुर महानगरपालिका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत (सातौं तह) शेषकान्त पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज शिक्षा अधिकृत शेषकान्त पौडेललाई सेवाग्राहीबाट रु.१,००,०००।–(एक लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित मिति २०७९।११।२५ गते निजको कार्य कक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।'


Author

थप समाचार
x