अनियमितता

गुण नियन्त्रण विभाग बबरमहलका ईन्जिनियर योगेन्द्र ढुंगेल १ लाख ५० हजार घुससहित पक्राउ

इकागज |
माघ १२, २०७९ बिहीबार २२:० बजे

फाइल फोटो

काठमाडौँ - खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहलका आठौं तहका कर्मचारीलाई १ लाख ५० हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । 

विभागका ईन्जिनियर योगेन्द्र ढुंगेललाई आयोगको टोलीले आज नियन्त्रणमा लिएको हो । 


 खानेपानी जार तथा मिनरल वाटर भरी बिक्री वितरण गर्नका लागि अनुज्ञा पत्र लिने क्रममा विभागमा जाँदा सेवाग्राहीलाई ढुङ्गेलले समयमा काम नगरी दुःख हैरानी दिई १ लाख ५० हजार घुस लिएको आधारमा उनलाई आयोगले पक्राउ गरेको हो ।  

आयोगले उनको साथबाट उक्त रकमसमेत बरामद गरेको छ । 


Author

थप समाचार
x