अनियमितता

शम्भुनाथका इन्जिनियर रामचन्द्र घुस  लिँदैगर्दा पक्राउ

इकागज |
माघ ३, २०७९ मंगलबार १९:३३ बजे

फाइल फोटो

काठमाडौँ - सप्तरीको शम्भुनाथ नगरपालिका इन्जिनियर रामचन्द्र शाह एक लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शाहलाई सेवाग्राहीसँग घुस लिँदैगर्दा पक्राउ गरेको हो ।

इन्जिनियर साहलाई अख्तियारको टोलीले नगरपालिकाबाटै नियन्त्रणमा लिएको मेयर जितेन्द्र प्रसाद गुप्ताले जानकारी दिए ।


इन्जिनियर साहले विद्यालयमा भएको कामको भुक्तानीका लागि घुस लिएका थिए ।


Author

थप समाचार
x