अनियमितता

घूस लिएको अभियोगमा मुद्दा दायर

इकागज |
पुस २२, २०७९ शुक्रबार १५:११ बजे

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेट सञ्जयप्रसाद यादवविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।    
    
 रोक्का रहेको जग्गा फुकुवा गर्न सहजीकरण गरिदिने भन्दै यादवले सेवाग्राहीसँग रू ११ हजार बराबरको घूस लिएको पाइएको छ । आयोगले यादवलाई गत असोज ३१ मा कार्यालय परिसरबाटै पक्राउ गरेको थियो ।    
    
आयोगका अनुसार अपरेटर यादवले दुई पटक गरी रु ११ हजार बराबरको घूस लिएको पाइएको छ । आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार आरोपितलाई बिगोबमोजिम सजायको माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।



Author

थप समाचार
x