अनियमितता

मन्दिर निर्माणमा गलत बिल बनाएर भुक्तानी लिएपछि...

इकागज |
पुस १४, २०७९ बिहिवार १५:५६ बजे

फाइल तस्बिर

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको कविलासी नगरपालिका–८ स्थित निर्माणाधीन रामजानकी मन्दिरको गलत बिल बनाइ रकम हिनामिना गरेको आरोपमा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्याम किशोर राय, इन्जिनियर रामविनयप्रसाद यादव र सब इन्जिनियर उमेशकुमार दासविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । 

उनीहरूविरूद्ध परेको उजुरी अनुसन्धान गर्दा रामजानकी मन्दिर निर्माणमा फिल्डमा कम काम भएकोमा बढी काम भएको भनी नापी किताबमा मुल्याङ्ककन गरी चढाएको तथा ठेक्का बिल र कार्यसम्पन्न प्रतिवेदन तयार गरी सिफारिससमेत गरी फिल्डमा वास्तविक कार्यभन्दा बढी मूल्याङ्ककन गराई भुक्तानी र कार्य सम्झौता विपरीत कार्यसम्पन्न भएको भनी ९७ हजार आठ सय ४० रुपैयाँ बढी भुक्तानी भएको फेला परेको अख्तियारको भनाइ छ ।


उनीहरूलाई कानुन बमोजिमको कैद र जरिवानाको सजाय मागदाबी गर्दै आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो । 
 


Author

थप समाचार
x